PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

भीमदत्तनगरस्थित सिद्धनाथ क्याम्पसका एक विद्यार्थीको हत्या



रासस

भीमदत्तनगरस्थित सिद्धनाथ क्याम्पसका एक विद्यार्थीको हत्या

भीमदत्तनगर :  कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत विद्यार्थीको शनिबार विहन होस्टेलमै हत्या भएको छ।

बझाङ घर भई हाल सिद्धनाथ विज्ञान क्याम्पसमा बिएससी चौथो वर्षमा अध्ययनरत डम्बर जाग्रीको घाँटी रेटेर हत्या गरेको अवस्थामा होस्टेलको स्टोरमा शव भेटिएको हो।

मृतक जाग्रीले क्याम्पसमा रहेको क्यान्टिनसमेत लिजमा लिएर सञ्चालन गर्दै आएको बुझिएको छ। प्रहरीले अनुसन्धानका लागि क्यान्टिनम कार्यरत केहीलाई नियन्त्रणमा लिएको छ। विद्यार्थी संगठनहरुले घटनाको निन्दा गर्दै दोषीमाथि कारवाहीको माग गरेका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell