PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ३० पुग्यो, उद्दार कार्य जारी 



पहिलोपोस्ट

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ३० पुग्यो, उद्दार कार्य जारी 
फोटो रासस

काठमाडौँः बाढी पहिरोबाट देशभरमा मृत्यु हुनेको संख्या ३० पुगेको छ। गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी बाढी पहिरोबाट देशभरमा ३० जनाको मृत्यु भइसकेको जानकारी दिएको हो। 

झापामा ४,  मोरङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी देशैभरी करिब ३० जनाको मृत्यु भएको छ भने,  कैयोँ बेपत्ता भएका छन्। 

गृहमन्त्री जनार्दन शर्माले बाँकेको नरायनापुर गाउँपालिका र राप्ती सुनारी गाउँपालिकामा बाढीका कारण गाउँहरु डुबानमा परेका भन्दै उद्दारका लागि सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

त्यसैगरी, झापाको मदनामा मुसलधारे पानी परिरहेकाले उद्धार कार्य प्रभावित भएको मन्त्रालयले जानकारी गराएको छ।    
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell