PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

वाणिज्यमन्त्री विश्वकर्मा भन्छन् - राज्यले युवाको सिर्जनात्मक प्रतिभा चिन्न सकेन



रासस

वाणिज्यमन्त्री विश्वकर्मा भन्छन् - राज्यले युवाको सिर्जनात्मक प्रतिभा चिन्न सकेन

काठमाडौँ  : वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले देशले युवाको सिर्जनात्मक प्रतिभा पहिचान गर्न नसकेको बताएका छन्।

विश्व युवा दिवसको अवसरमा नेपाल युवा परिषद्द्वारा आयोजित ‘राष्ट्रिय युवा सम्मलेलन २०१७’ को शनिबार उद्घाटन गर्दै मन्त्री विश्वकर्माले युवाको सिर्जनशील क्षमताले नै विश्व परिवर्तन भएको बताए। 

सरकारले युवालाई नेपालमै बसेर उनीहरुको प्रतिभा अनुसारको काम गर्ने वातावरण बनाउन युवा लक्षित कार्यक्रम ल्याउने मन्त्री विश्वकर्माले प्रतिवद्धता व्यक्त गरे। 

युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामप्रसाद थपलियाले युवालाई विदेशिनबाट रोक्नु नै ठूलो चुनौती भएको बताए। नेपाल युवा परिषद्का अध्यक्ष सरोज बानियाँले दिनप्रतिदिन युवा विदेशिनुले नेपालको विकास पछाडि पर्दै गएको बताए। 

‘शान्तिका लागि युवा’ भन्ने मूल नाराका साथ यो वर्ष आजका दिन अर्थात अगष्ट १२ मा संसारभरका युवाले अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदैँ छन्। ७४ जिल्लाका युवाको सहभागिता रहेको सम्मेलन तीन दिनसम्म चल्ने छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell