PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

चितवनकाे माडीका बाढी प्रभावित क्षेत्रमा पियुस वितरण 



पहिलोपोस्ट

चितवनकाे माडीका बाढी प्रभावित क्षेत्रमा पियुस वितरण 

चितवनः  चितवनको माडीका बाढी प्रभावितहरुलाई पियुस वितरण गरिएको छ।  प्रभावित क्षेत्रमा खानेपानीबाट महामारी फैलन नदिन पियुस वितरण गरिएको हो। 

यसैबीच, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापा, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय चितवनका प्रमुख शालिग्राम पौडेललगायत सुरक्षा निकायको टोली प्रभावित क्षेत्र पुगेर उद्दार र राहतमा सहयोग गर्न सवैलाई आग्रह गरेको छ । बाढीले माडीका तीन सय घर डुवानमा परेका छन्।

रिउ खोलामा आएको बाढीले माडी नगरपालिका वडा नम्बर १,२,३,४,६ र ७ का  ३ सय घर डुवानमा परेका हुन्। बाढीले माडीको  डाँग्रे खोला र चितै खोलाको पुल बगाउँदा हुलाकी मार्ग अवरुद्ध बनेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell