PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

अक्सिजन अभावमा भारतमा ६० जनाको मृत्यु



रासस

अक्सिजन अभावमा भारतमा ६० जनाको मृत्यु
फोटो श्रोतः mid-day.com

भारतः उत्तर भारतको एक सरकारी अस्पतालमा अक्सिजनको अभाव हुँदा पाँच दिनमा कम्तीमा ६० जनाको मृत्यु भएको छ। अक्सिजनको अभावका कारण अन्यको मृत्यु हुनसक्ने भारतीय अधिकारीले जनाएका छन्। 

अधिकारीले उत्तर प्रदेश गोरखपुर जिल्लाको बाबा राघबदास अस्पतालमा अक्सिजनको अभावका कारण विरामीको मृत्यु भएको अनुसन्धान अघि बढाइएको बताए।

भारतीय सञ्चारमाध्यमले अस्पतालमा अक्सिजनको बक्यौता नतिरेपछि कम्पनीले बिहीबार र शुक्रबार अक्सिजन आपूर्ति नगर्दा ३० जना बालबालिकाको मृत्यु भएको बताएका छन्। 

गोरखपुरका स्वास्थ्य मामिला हेर्ने विभागीय आयुक्त अनिल कूमारले भने,‘हामीले अस्पतालमा अक्सिजनको अभावका कारण बिरामीको मृत्यु भएको भनाइलाई लिएर प्रारम्भिक रिपोर्ट शनिबारसम्म आइपुग्ने गरी अनुसन्धान अघि बढाएका छौँ। हो, गत पाँच दिनमा उक्त अस्पतालमा ६० जनाको मृत्यु भएको छ तर हामीलाई सबै विरामीको अक्सिजनका अभावका कारण मृत्यु भएको जस्तो लाग्दैन।’ 

राज्य सरकार मुख्य मन्त्रीको कार्यालयले जारी गरेको एक विज्ञप्तिमा अस्पतालको बालचिकित्सा कक्षमा पाँच दिनको अन्तरमा ६० जनाको मृत्यु भएको भन्ने समाचारबारे अनुसन्धान गरी प्रतिबेदन पेश गर्न भनिएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell