PahiloPost

May 23, 2025 | १० जेठ २०८२

नौ किलो सुनसहित नुवाकोटबाट दुई जना पक्राउ



रासस

नौ किलो सुनसहित नुवाकोटबाट दुई जना पक्राउ

नुवाकोट : अवैध रुपमा केरुङबाट नुवाकोट हुँदै काठमाडौँ लैजान लागेको नौ किलो सुनसहित दुई जनालाई शनिबार नुवाकोट प्रहरीले पक्राउ गरेको छ। 

चीनको केरुङबाट राजश्व छली मोटरसाइकलमा फल्सबटम बनाएर ल्याएको नौ किलो सुनसहित रसुवाको उत्तरगया गाउँपालिका–५ का दीपक घले र पार्वतीकुण्ड गाउँपालिका–५ का फुर्वा तामाङलाई विदुर नगरपालिका–१० सिमुटारबाट प्रहरीले पक्राउ गरेको हो। 

सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा बा ५५ प ८०६७ नम्बरको मोटरसाइकलमा फल्सबटम बनाएर लुकाएको अवस्थामा छ किलो र त्यही मोटरसाइलमा चढेका फुर्वा तामाङले शरीरमा बाँधेर लुकाएको थप तीन किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell