PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

सौराहामा बाढी पस्यो, होटलहरु डुबानमा, पार्किङमा राखिएका कारसमेत बगायो



राजेन्द्र आचार्य

सौराहामा बाढी पस्यो, होटलहरु डुबानमा, पार्किङमा राखिएका कारसमेत बगायो

चितवन : चितवनको पर्यटकीय नगरी सौराहामा राप्ती नदी पसेको छ। राती ११ बजेदेखि बाढी पस्न सुरु गरेपछि सुरुमा नदी किनारको होटल, रेष्टुरेन्टहरु डुबाएको थियो।

पछि विस्तारै राप्तीको सतह बढेपछि सौराहाका दर्जन बढी पब रेष्टुरेन्टहरु समेत बाढीले डुबाएको छ ।

राप्ती नदीको बाँध नाघेर सौराहामा बाढी पसेको हो। बाढीको कारण सौराहाको पब रेष्टुरेन्टमा पार्किङ्ग गरिराखेका कारहरु समेत बगाएको व्यवसायीहरुले बताएका छन्।

सौराहाको डुवानमा परेका होटलहरुले पर्यटकहरुलाई माथिल्ला कोठाहरुमा शिफ्ट गरिरहेका छन्।

सौराहाका पर्यटन व्यवसायी जीत तामाङ्गले यहाँको राप्ती किनारका रेष्टुरेन्टका पब डुबाएको बताए। उनका अनुसार अहिले सौराहाको हात्ती चोकसम्म डुबानमा परेको  छ भने सौराहा नजिकका टोलहरुसमेत जलमग्न छ।

आर्मी ब्यारेक, ड्याम हुँदै मुख्य सौराहा लगायत खोला किनारमा रहेका सम्पुर्ण होटलहरुमा बाढी पसेको क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए। उनका अनुसार पर्यटक र अत्यन्त महत्वपूर्ण वस्तुहरुलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको छ। पूर्व  सतर्कताका कारण मानवीय क्षति भने नभएको उनले बताए।

उता, पूर्वी चितवनको खैरहनी नगरपालिकाको हर्नरी  बैरिया डुबानमा परेको छ । राप्ती नदीमा आएको बाढीका कारण खैरहनी नगरपालिका वडा नम्बर १३ हर्नरी  बैरिया डुबान पर्दा करिब १५० घर विस्थापित भएको हो।

बाढीका कारण  घरहरुमा ५ फिट पानी पसेको छ। बाढी आएपछि स्थानीयहरु सुरक्षित स्थानतर्फ लागेका छन्। घटनाको थप विवरण आउन बाँकी छ। फोटोहरु : विशाल/जितु तामाङ







@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell