PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

हराइरहेका बालकको शव खोलामा तैरिरहेको अवस्थामा फेला



पहिलोपोस्ट

हराइरहेका बालकको शव खोलामा तैरिरहेको अवस्थामा फेला

खोटाङ: जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका सात वर्षीय रोविन राई मृत फेला परेका छन्।

साउन २३ गतेदेखि हराएका राई सोही गाउँपालिका वडा नं ५ स्थित तापखोलामा मृत फेला परेका हुन्।

माछा मार्न गएका स्थानीयवासीले बालकको शव खोलाको पानीमा तैरिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको प्रहरीले जनाएको छ।

साथीहरुसँग माछा मार्न गएका बालक ढुंगामा चिप्लिएर खोलामा बेपत्ता भएका थिए। बेपत्ता बालकको आफन्तले खोजी गरे पनि फेला पार्न सकेका थिएनन् । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell