PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो,  उद्दारमा आठ हजार सुरक्षाकर्मी परिचालित



पहिलोपोस्ट

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो,  उद्दारमा आठ हजार सुरक्षाकर्मी परिचालित

काठमाडौं: बाढी पहिरोका कारण शनिबार साँझसम्म ३३ जनाले ज्यान गुमाएका छन्। अविरल वर्षापछि पूर्वी र मध्य तराई बाढीको उच्च जोखिममा परेको छ। जल तथा मौषम पूर्वानुमान महाशाखाले सोमबारसम्म नै वर्षात जारी रहने भएकाले सतर्क रहन अपिल गरेको छ।

प्रधानमन्त्रीको निर्देशनमा शनिबार साँझ बसेको केन्द्रीय दैवीप्रकोप उद्दार समितिको बैठकपछि गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृतकको संख्या ३३ पुगेको पुष्टि गरेको हो।

मन्त्रालयको विज्ञप्ति अनुसार सबैभन्दा धेरै सुनसरीमा सात जनाले ज्यान गुमाएका छन्। पाँचथर, सिन्धुली, झापामा र बाँकेमा चार÷चार जनाले ज्यान गुमाएका छन्। मेरङमा तीन सर्लाही र बारामा दुई÷दुई तथा दाङ, मकवानपुर र पाल्पामा एक÷एक जनाले ज्यान गुमाएका छन्।

बाढीमा परेर चर जना हराइरहेका छन्। केही व्यक्ति घाइते भएको गृहमन्त्रालयले जनाएको छ।

यस्तै बाढीका कारण चार हजारभन्दा बढी घरमा क्षति पुगेको छ।

मन्त्रालयले उद्दार र खोजीका लागि तालिमप्राप्त सुरक्षाकर्मीको परिचालन भएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार नेपाल प्रहरीबाट पाँच हजार ६ सय, सशस्त्रबाट एक हजार सात सय र  नेपाली सेनाबाट एक हजार गरी आठ हजार तीन सय तालिमप्राप्त सुरक्षाकर्मी उद्दारमा खटिएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell