PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

आज पनि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ, सतर्क रहन आग्रह



पहिलोपोस्ट

आज पनि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ, सतर्क रहन आग्रह

काठमाडौँ: दुई दिनदेखिको लगातारको भारी वर्षातका कारण पूर्वी र मध्य तराई उच्च जोखिममा परेको छ। बाढीका कारण ३३ जनाको ज्यान गइसकेको छ। केही व्यक्ति बेपत्ता भएका छन्। चारा हजारभन्दा घर डुवानमा परेका छन्। 

जल तथा मौषम पूर्वानुमान महाशाखाले आइतबार पनि देशका विभिन्न क्षेत्रमा भारी वर्षात हुने जनाएको छ। महाशाखाले मनसुनी न्यूनचापीय रेखा अहिले पहाडी क्षेत्र नजिकै रहेको र न्यूनचापीय प्रणाली मध्य तथा आसपासको भागहरुमा बिद्यमान रहेको महाशाखाले जनाएको छ। 

महाशाखाले मनसुन सक्रिय रहेकाले देशका केही स्थानमा आज पनि भारी वर्षा हुने जनाएको छ। महाशाखाले पूर्वी क्षेत्रमा आइतबार साँझसम्म मौसममा सुधार हुने तर मध्य र पश्चिम क्षेत्रमा सोमबार साँझदेखि मात्र मौसममा सुधार आउने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell