
चितवनः काठमाडौँको लाइफलाइनसँग जोडिएको नारायणगढ–मुलिन सडकखण्ड विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा यातायात ठप्प भएका छन्।
सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन्। पोखराबाट काठमाडौंका लागि आएका सवारीसाधन समेत मुग्लिन पारी रोकिएका छन्।
नारायणगढ–मुग्लिन सडकको कालिखोला, सेती दोभान, चारकिलो र नौकिलोमा पहिरोले पूर्ण रुपमा सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले जानकारी दिए। मुग्लिन–काठमाडौं सडकखण्डको इच्छाकामना गाउँपालिकाको फिस्लिङमा पहिरो झर्ने क्रम नरोकिँदा सो सडक समेत अवरुद्ध छ।
फिस्लिङमा हिजो दिउँसोदेखि नै पहिरो झरिरहेको छ। जसका कारण सडक खुलाउन कठिनाई भएको थापाले जानकारी दिए।