
प्रत्येक खेलाडिले आफ्नो करियरको सुदख अन्त्य चाहेक हुन्छन्। उत्कृष्ट खेलाडीले अझै विशेष अन्त्य चाहन्छन्। सबै खेलाडीलाई त्यस्तो अवसर मिल्दैन जुन सँधैका लागि सम्झन लायक होस्। अझ महान बन्ने बाटोमा रहेको खेलाडीलाई सुदख अन्त्य गर्नु झनै चुनौती हुन्छ।
यस शताब्दीकै उत्कृष्ट धावकको रुपमा परिचित उसेन बोल्टको बिदाइ पनि सुखद हुन सकेन। यी जमैकन फासटेस्ट स्प्रिन्टर बोल्टले लण्डनमा भइरहेको वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपको रिलेमा दौड पूरा गर्न सकेनन्। उनको विशेष दख्खल रहेको सय मिटरमा बोल्ट तेस्रो भए।
बोल्ट आफैको फेभरेट रेस दुई सय मिटरमा उनी दौडेनन्। अर्को छोटो दुरी चार गुणा सय मिटर रिलेमा पनि उनले यसअघि ओलम्पिकमा दुई स्वर्ण जितिसकेका थिए। तर लण्डनमा किरयरकै अन्तिम दौड (चार गुणा सय मिटर) दौड बोल्टले पूरा गर्न सकेनन।
Usain Bolt fails to finish his final race with an injury..(
— Stanislaw (@stas8t) August 12, 2017
GB win GOLD in the men's 4x100m relay #WorldChampionships2017#London2017 pic.twitter.com/DiStUAeBnu
घुँडाको चोटका कारण बोल्टले बिचमै दौड त्यागे अनी ट्रयाकै ढले। बोल्टलाई उनका साथीहरुले फिनिसिङ लाइन पार गराएको थिए।
करियरको अन्तिम प्रतियोगितामा राम्रो गर्न नसकेपनि ओलम्पिकमा ८(सय र २ सय मिटरमा ३-३, रिलेमा २) सहित कूल १९ स्वर्ण जितेका बोल्टको लेजेण्ड्रीलाई कसैले नकार्न सक्दैनन्।