PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

केन्याटा केन्याको राष्ट्रिपतिमा पुनः निर्वाचित, विपक्षीले गरेको प्रदर्शनमा आठजनाको मृत्यु



रासस

केन्याटा केन्याको राष्ट्रिपतिमा पुनः निर्वाचित, विपक्षीले गरेको प्रदर्शनमा आठजनाको मृत्यु
फोटो श्रोतः cbc.ca

केन्या : केन्याका राष्ट्रपति उहुरु केन्याटा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। उनले ५४.३ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी रायला ओडिङ्गाले ४४.७ प्रतिशत मत प्राप्त गरेका छन्। 

सन् २०१३ देखि राष्ट्रपति रहेका केन्याटाले चुनाव परिणाम घोषणापछि केन्याटाले एकताका लागि आह्वान गरेका छन्।

उनले विपक्षी समर्थकहरुलाई भने,‘म तपाइहरूसँगै छु।हामी एउटै गणतन्त्रका नागरिक हौं।’ विपक्षीले परिणाम घोषणा हुनु अघि नै अस्वीकार गरिसकेको थियो। 

यसैबीच, केन्याटाले स्वतन्त्र, निष्पक्ष र विश्वासिलो रुपमा चुनाव गराइएको अन्तर्राष्ट्रिय पर्यवेक्षकले जनाएका छन्। 

परिणाम घोषणा भएसँगै विपक्षीको पकड मानिएको बहुल किसुमु सहर र राजधानी नाइरोबीका किबेरालगायतका झुपडबस्ती क्षेत्रहरुमा विरोध प्रदर्शन भएका छन्। 

कैयौं ठाउँमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रृ ग्यास तथा गोली चलेको बताइएको छ। मत परिणामलाई लिएर विपक्षीले गरेको पदर्शनमा शनिबार साँझसम्म आठजनाको ज्यान गएको छ। कैयौं पर्यवेक्षकहरुले दश वर्ष अघिको विवादास्पद चुनावपछिको हिंसा दोहोरिन सक्ने अनुमान गरेका छन्। रासस/एएफ्पी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell