
बेलायत : बेलायतले अहिलेको सङ्कट उत्तर कोरिया जिम्मेवार रूपमा प्रस्तुत नभएका कारण आएको जनाउँदै प्योङयाङ र अमेरिकाबीच देखिएको सङ्कटको कुटनैतिक रूपमा समाधान चाहेको बताएको छ।
बेलायती विदेशमन्त्री बोरिस जोनसनले ट्वीट गर्दै भनेका छन्,‘उत्तर कोरियाली सत्तामा रहेका व्यक्ति अहिलेको समस्याको कारक हुन् र उनीहरूले नै यसको समाधान गर्नुपर्छ।’
अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियाद्वारा भएका उत्तेजित गतिविधि रोक्ने कुराको प्रत्याभूत गराउन काँधमा काँध मिलाएर अघि बढ्ने उनले बताए।
उनले संयुक्त राज्य अमेरिका र यस क्षेत्रका हाम्रा साभेmदार राष्ट्रसँग सङ्कटको कुटनैतिक समाधानमार्फत् अन्त्य गर्न लागिपरेको बताए।
क्षेत्रीय तनाव बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ट्वीट् गर्दै अमेरिकी भूमी गुवाम सुरक्षित रहेको बताएका थिए।
ट्रम्पले अमेरिकी सैनिक बल आफ्नो प्यासिफिक टापूमा हुनसक्ने उत्तर कोरियाली सम्भावित आक्रमणबाट सुरक्षाका लागि ‘तयार भई’ बसेको बताएका थिए।
उत्तर कोरियाले आफ्ना ब्यालेस्टिक क्षेप्यास्त्रलाई जापानको पर्यटकीय क्षेत्रमाथि पनि आक्रमण गर्नसक्ने चेतावनी दिएको छ। प्योङ्याङ र वासिङटनबीच भनाभन चलिरहेका वेला मस्कोले उनीहरूको गतिविधिले आफूलाई निकै चिन्तित बनाएको बताएको छ।
रसियाली विदेशमन्त्री सेर्गेइ लाभरोभले युद्धको सम्भावनालाई ‘अति उच्च’ भन्दै संकटको समाधान गर्ने रसिया र चीनको संयुक्त योजना अघि सारेका छन्।
केही दिन अघि अर्थात् यसै हप्ता ट्रम्पले प्योङयाङमाथि ‘आगो र आक्रोश बर्साउने’ धम्की दिएका थिए। तर आफू वार्ताका लागि सधैं तयार रहेको पनि उनले बताएका थिए। रासस/एएफ्पी