PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

प्रचण्ड-बाबुराम भेटवार्ताः  परिस्थितिको समीक्षा गरेर अगाडि बढ्ने समझदारी 



पहिलोपोस्ट

प्रचण्ड-बाबुराम भेटवार्ताः  परिस्थितिको समीक्षा गरेर अगाडि बढ्ने समझदारी 

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

टोखास्थित भट्टराई निवासमा भएको दुर्इ घण्टा लामो छलफलमा दुई नेताबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको हो।

दुई नेताबीच समग्र विषयमा गम्भीर समीक्षा गरेर अगाडि बढ्न छलफललाई जारी राख्ने समझदारी भएको माओवादी केन्द्रले जानकारी दिएको छ।

भेटमा भट्टराईले समग्र विषयमा समीक्षा गरेर निष्कर्षमा पुग्न सकिने बताउँदै त्यसका लागि छलफललाई जारी राख्ने प्रस्ताव गरेका छन्।

प्रचण्डले देशको जटिल राजनीतिक परिस्थितिलाई विचार गरेर माओवादीहरु एक हुनैपर्ने कुरामा जोड दिँदै सम्पूर्ण राजनीतिक परिस्थितिमा समीक्षा गरेर जान आफूहरु गम्भीर रहेको भट्टराईलाई जानकारी गराए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell