
सिन्धुली : विपी राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट–नेपालथोक सडकखण्डअन्तर्गत रिठ्ठेभिर नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा धनुषाका २६ वर्षीय प्रदीप दुलालको मृत्यु भएको हो। काठमाडौँबाट धनुषा गइरहेको बा ४८ प ५६४६ नम्बरको मोटरसाइकल शनिबार साँझ तीव्रगतिका कारण दुर्घटनामा परेको थियो।
सडकको छेउमा रहेको पिल्लरमा ठोक्किएर मोटरसाइकल सडकबाट ३५ मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका दुलालको धुलिखेल अस्प्तालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।रासस