PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

राष्ट्रिय संकटकाल घोषणाको तयारीमा सरकार : वाणिज्यमन्त्री



पहिलोपोस्ट

राष्ट्रिय संकटकाल घोषणाको तयारीमा सरकार : वाणिज्यमन्त्री

भक्तपुर :  वाणिज्यमन्त्री मीन विश्वकर्माले देशमा राष्ट्रिय संकटकाल घोषणा गर्ने तयारीमा सरकार लागेको बताएका छन्।

रफत सञ्चार क्लवद्वारा भक्तपुरमा आयोजित साक्षात्कारमा मन्त्री विश्वकर्माले मुलुक बाढी पहिरोको चेपेटामा परेका बेला सोचे जस्तो बिपद् व्यवस्थापन गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै आज बस्ने मन्त्रिपरिषद् बैठकले देशमा राष्ट्रिय संकटकाल घोषणा गर्ने सम्भावना रहेको बताए। 

कोशी ब्यारेजका केही ढोका खोल्न सरकारले गरेको कुटनीतिक पहल सफल भएको भन्दै मन्त्री विश्वकर्माले सबै ढोका खोल्दा भारतको बिहार डुवानमा पर्ने र त्यसो नगर्दा नेपाल डुबानमा पर्ने अवस्था रहेकाले बिपद्का बेला सोचेर मात्र काम गर्नुपर्ने बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell