
अमेरिकी पप गायिका ट्रेलर स्विफ्टले आफूसँग भएको यौन शोषण बारे बताएकी छिन्। उनले अदालतमा यस विषयमा मुख खोलेकी हुन्। स्विफ्टले ५५ वर्षिय रेडियो डिजे डेबिड मुलरले आफूमाथी गरेको दुर्व्यवहार बारे बयान दिइन्।
२७ वर्षिय स्विफ्टले भनिन्,'मुलरले मलाई जानेरै धेरै बेरसम्म शारीरिक रुपमा अफ्ठ्यारो परिस्थिती सिर्जना हुने गरी समाए।' मुलरले भने स्विफ्टको आरोपलाई स्विकारेका छैनन्। कोलोराडोस्थित एक अदालतमा स्विफ्टले नियोजित रुपमा आफूमाथी शोषण भएको जनाएकी छिन्। 'मुलरले मेरो स्कर्ट भित्र हात लगे र मेरो तिघ्रामा समाए। मैले गल्तिले भयो होला भन्ने सोचेर टाढिंदा पनि उनले हात झिकेनन्', आफूले त्यसअघि कहिल्यै यस्ता घटनाको सामना नगरेको बताउँदै भनिन्,'म त सुरुमा छक्क परें।'
घटना नयाँ भने होइन। सन् २०१३मा एक रेडियो प्रोगाम सुरु हुनु अघिको भेटमा उनीसँग दुर्व्यवहार भएको थियो। त्यस समय मुलर प्रसिद्ध रेडियो स्टेशन क्योगोमा होस्टको रुपमा कार्यरत रहेको बीबीसी हिन्दीले नाएको छ। स्विफ्टले घटना बारे स्टेशनमा कुरा गरे पनि उनी कामबाट निकालिए। घटनाले अर्कै मोड लियो जब मुलरले स्विफ्टकै बिरुद्ध मुद्दा हाले। उनले सुनियोजित रुपमा आफूलाई कामबाट निकालिएको आरोप लगाएका थिए। त्यसपछि स्विफ्टले आफूमाथी भएको दुर्व्यवहारलाई कोर्टसम्म पुर्याएकी हुन्।
स्विफ्टले मान्छे नचिन्नु र बडिगार्डलाई आफ्नो साथमा नराख्नु गल्ति भएको बताउँदै आएकी छिन्।