काठमाडौं : नेपाली कांग्रेसले तराई/मधेसमा बाढीका कारण आएको संकटका विषयमा निर्णय गर्न आकस्मिक रुपमा बैठक डाकेको छ।
प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले दिउँसो चार बजे बालुवाटारमा नैं कार्यसम्पादन समितिको बैठक डाकेका हुन्।
'हालै देशका अधिकांश स्थानहरुमा गएको बाढी र पहिरोका कारण जनधनको ठूलो क्षति भएको घटनाका सम्बन्धमा छलफल हुने उक्त बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्यज्यूहरुलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,' सभापति देउवाका तर्फबाट मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी निर्देशनमा भनिएको छ।
कांग्रेस कार्यसम्पदान समिति सकिएलगत्तै प्रधानमन्त्रीले त्षयही विषगयमा निर्णय लिन मन्त्रीपरिषदको बैठक डाकेका छन्।