PahiloPost

Jun 24, 2026 | १० असार २०८३

बम विष्फोटमा पाकिस्तानमा ८ सुरक्षाकर्मीसहित १५ जनाको मृत्यु



रासस

बम विष्फोटमा पाकिस्तानमा ८ सुरक्षाकर्मीसहित १५ जनाको मृत्यु
फोटो श्रोतः ndtv.com

इस्लामाबाद :  पाकिस्तानको क्वेटा सहरमा शनिबार बेलुका भएको बम विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। 

सुरक्षाकर्मीको ट्रकलाई लक्षित गरी केही आतङ्ककारीले गराएको बम विष्फोटमा परी मृत्यु भएका १५ जनामध्ये आठजना सुरक्षाकर्मी रहेका सुरक्षाअधिकारीहरुले जानकारी दिएका छन्। 

अस्पतालका अधिकारीहरुले घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाले मृतककाे सङ्ख्या बढ्न सक्ने बताएका छन्। 

विष्फोटबाट दुई वटा कार, चार रिक्सा र दुई वटा मोटरसाईकल जलेर नष्ट भएका छन् भने केही भवनमा क्षति पुगेको अधिकारीहरुले बताएका छन्। 

घटनाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन। पाकिस्तानका राष्ट्रपति मम्नुन हसिनले घटनाको निन्दा गर्दै घाइतेहरुको उपचारमा ध्यान दिन निर्देशन दिएका छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell