PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

ट्राफिक प्रहरीले थाल्यो बिलिङ मिटर नराख्ने ट्याक्सीमाथि कारवाही, एक सय ट्याक्सी नियन्त्रणमा



पहिलोपोस्ट

ट्राफिक प्रहरीले थाल्यो बिलिङ मिटर नराख्ने ट्याक्सीमाथि कारवाही, एक सय ट्याक्सी नियन्त्रणमा

काठमाडौः प्रहरीले प्रिन्टरसहितको बिलिङ मिटर जडान नगर्ने  ट्याक्सी चालकलाई कारबाही तिव्र बनाएको  छ। 

आइतवार मात्र महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले बिलिङ मिटर जडान नगर्ने १ सय ट्रयाक्सीलाई नियन्त्रणा लिएको थियो। 

मिटर जडान गरेपछि यात्रुले बिलमा ट्याक्सी नम्बर, चालकको फोन नम्बर र भाडासमेत प्रष्ट उल्लेख भएको बिल पाउँछन्। 

यदि कुनै पनि चालकले यात्रुलाई ठगी गरे प्रहरीले बिल अनुसार कारबाही गर्न सजिलो हुनेछ। 

बिलिङ मिटर जडान नगर्ने ट्याक्सीमा प्रहरीले महाशाखमा नै मिटर जडान गर्ने सुविधा उपलव्ध गराएको छ। 

महाशाखाका एसपी लोकेन्द्रबहादुर मल्ले सात दिनभित्र मिटर जडान गर्ने शर्तमा केही ट्याक्सीलाई छाडिएको बताए। 

ट्याक्सी चालकले भने आफूहरुले भर्खरै बिलिङरहित मिटर जोडेकाले फेरि  बिलिङ मिटर जोड्दा आर्थिक भार पर्ने भएकाले त्यसको क्षति सरकारले दिनुपर्ने बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell