PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

बाढी पिडितका लागि कलाकारको सहयोग आह्वान तथा घोषणा



पहिलोपोस्ट

बाढी पिडितका लागि कलाकारको सहयोग आह्वान तथा घोषणा

काठमाडौं: देशका विभिन्न भागमा केही दिनदेखि परेको अबिरल वर्षाका कारण बाढी पहिरोमा परी ४० जनाभन्दा बढीको मृत्यु भैसकेको छ। बाढी पहिरोले सयौं घर, चौपाया, सडक र पुलसमेत बगाएको छ । मन्त्रालयका अनुसार बाढी पहिरोबाट झापा मोरङ, सुनसरी, सप्तरीलगायतका जिल्ला बढी प्रभावित भएका छन्।

गृह मन्त्रालयले प्रकोप क्षेत्रमा उद्धार र रातह वितरणका लागि काम गरिरहरेको जानकारी दिएको छ। बाढी पहिरोका कारण पूर्वमा सञ्चार सेवासमेत अवरुद्ध भएका कारण उद्धारमा समस्या परेको जनाइ रहँदा नेपाली कलाकारहरु बाढी पिडितलाई सहयोगको आह्वान र आफ्नैतर्फबाट पनि सहयोग घोषणा गर्न थालेका छन्।

हास्य कलाकार तथा निर्देशक दिपाश्री निरौलाले बाढी प्रभावितको लागि ५१ हजार रुपैयाँ सहयोग गर्ने भएकी छिन्। मोरङ समाज मार्फत बाढी प्रभावितको लागि दिपाश्रीले रकम हस्तान्तरण गर्न लागेकी हुन्। निरौलाले फेसबुकमा बिराटनगर जलमय भएको देखेर आँखा रसाएको भन्दै सहयोग घोषणा गरेकी हुन्। भनिन्, 'मेरो व्यक्तिगत सहयोग हो। सबैले सक्दो गरे धेरै बन्छ।'



दीपकराज गिरीले पनि बाढी पिडितका लागि एक लाख सहयोग घोषणा गरेका छन्। उनले फेसबुकमार्फत व्यक्तिगत रुपमा एक लाख नगद रुपैंया सहयोग घोषणा गरेका हुन्। उनले केमार्फत कता नगद योगदान पुर्‍याउने भन्ने बारे खुलाएका छैनन्।



हास्य कलाकार तर्फ निर्मल शर्माले पनि नगद सहयोग घोषणा गरेका छन्। उनले बाढी पिडित सहयोग संकलनका लागि १० हजार नगद रुपैंया दिने भएका हुन्। भने,'सकारात्मक संदेश प्रवाह र सहयोग जुटाउनका लागि पनि यस्तो इनिसियसनमा साथ दिन आवश्यक छ।' शर्माले सबैलाई सहयोगमा जुट्न आग्रह गरेका छन्।



शर्माले देश शोकमा रहेको कारण आफ्नो टिलिभिजन कार्यक्रम 'टेन टू फाइभ'लाई पनि यो साताका लागि स्थगित गराएका छन्।

नायिका पूजा शर्माले त आफू रोएको फोटो पोस्ट गर्दै लेखेकी छिन्,' फेसबुकमा पानीले बगाएका बस्ती हेर्दा मन चिरिन्छ । जतिसक्दो चाँडो बाढी प्रभावित क्षेत्रमा पुग्न मन छ तर निर्दयी मौसमले साथ दिइरहेको छैन।'



उनले बाढी पिडितका लागि ड्राइफुड र लत्ताकपडा र एक लाख नगद सहयोग गर्ने जनाएकी छिन्।

हरेक घटना, अवस्था र कार्यक्रम बारे सामाजिक सञ्जालमा आफ्नो बिचार पोख्न सक्रिय छिन् अभिनेत्री करिष्मा मानन्धर। उनले बाढी पिडितलाई सरकारले व्यवास्ता गरेको आरोपसहित प्रस्तुत भइन्। उनले सन्धिमाथी प्रश्न गर्दै यस्तो स्टाटस लेखेकी छिन्।



त्यस्तै अभिनेता आर्यन सिग्देलले पनि सहयोगको अपिल गरेका छन्। उनले देश नै शोकमा रहेको बेला सबैलाई संयमित हुन आग्रह गरेका छन्।

 

त्यस्तै अभिनेत्री प्रियङका कार्कीले पनि बाढी पिडितलाई सहयोग घोषणा गरेकी छिन्। उनले बाढी प्रभावितका लागि ५१ हजार रुपैंया सहयोग गर्ने भएकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell