PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

महान्यायाधिवक्ता रमण श्रेष्ठले दिए राजीनामा



पहिलोपोस्ट

महान्यायाधिवक्ता रमण श्रेष्ठले दिए राजीनामा

काठमाडौः महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले राजीनामा दिएका छन्। महान्यायाधिवक्ता श्रेष्ठले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर  देउवासमक्ष आज राजीनामा पत्र बुझाएका हुन्। 

श्रेष्ठ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारमा गत वर्ष साउनमा नियुक्त भएका थिए। महान्यायाधिवक्ता हुनुभन्दा अगाडि उनी नेपाल बार एशोसियसनका पूर्व महासचिव थिए।

सरकार परिवर्तन भएसँगै महान्यायाधिवक्ताले राजीनामा दिने प्रचलन भएपनि श्रेष्ठले राजीनामा दिएका थिएनन्। उनले प्रधानमन्त्रीको आग्रह अनुसार नै आफूले राजीनामा नदिएको बताउँदै आएका थिए।  

उनलाई सुशीला कार्कीमाथि महाभियोग लगाउने प्रस्ताव अघि बढाउन सक्रिय भूमिका खेलेको आरोप लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell