PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

डुबानमा परेको चितवनको जगतपुरस्थित बालगृहबाट बालबालिकाको उद्दार हुन सकेन, हेलिकप्टर माग



राजेन्द्र आचार्य

डुबानमा परेको चितवनको जगतपुरस्थित बालगृहबाट बालबालिकाको उद्दार हुन सकेन,  हेलिकप्टर माग

चितवनः पश्चिम चितवनको जगतपुरमा रहेको एउटा बालगृह राप्ती खोलामा आएको बाढीले डुबानमा परेपछि उनीहरुको उद्दारका लागि हेलिकप्टर मगाइएको छ।

भरतपुर महानगरपालिका वडा नम्बर २३ जगतपुरमा रहेको आशा बालृगृह डुबानमा परेपछि उनीहरुको उद्दारका लागि हेलिकप्टर मगाइएको हो।

बालगृह डुबानमा परेपछि उनीहरु घरको छतमा उद्दारको पर्खाइमा छन्। प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मीको टोली त्यहाँ पुगेपनि उद्दार गर्न नसकेपछि केन्द्रबाट हेलिकप्टर मगाइएको हो।

अहिले त्यहाँ बालगृहमा रहेका २ सय ५० बालबालिकासहित चार सयको संख्या स्थानीवासी उद्दारको पर्खाइमा छन्। २०५९ सालमा पनि बाढीले बालगृह डुबानमा पर्दा हेलिकप्टरबाट उनीहरुको उद्दार गरिएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell