
बलिउड अभिनेताहरु सन्नी देवल र बबी देवलको फिल्म 'पोस्टर ब्वाइज' प्रदर्शनको तयारीमा छ। ८ सेप्टेम्बरदेखि पर्दामा लाग्ने फिल्मको प्रचार प्रसार तिब्र बन्दा देवल दाजुभाइ भने आफ्नै फिल्म छायाँकनको लागि फ्लोरमा उत्रिएका छन्। फिल्म 'एम्ला पग्ला दिवाना ३'को सुटिङ विहिबारबाट सुरु गरिन लागेको हो। १० अगस्टदेखि फिल्मको सुटिङ हैदराबादमा हुने बलिउड हंगामाले जनाएको छ।
फिल्मलाई नवनित सिंहले निर्देशन गर्दै छन्। सन्नी देवलले जयन्तिलाल गाडासँगको सहकार्यमा फिल्म निर्माण गर्न लागेका हुन्। फिल्ममा सन्नी देवल, बबी देवल र उनीहरुको बुवा धर्मेन्द्रको अभिनय रहने बताइएको छ।
सन्नी देवल र बबी देवलले श्रेयाश तालपेडको प्रोडक्शन रहेको कमेडी जनराको फिल्म 'पोस्टर ब्वाइज'को प्रोमोशन छोडेर होम प्रोडक्शनमा समय दिन थालेका छन्। जुन फिल्म मराठी भाषाको फिल्मको रिमेक हो।
बबी देवलले ट्ट्विटरमार्फत फिल्मको पोस्टर र केही जानकारी सार्वजनिक गरेका हुन्। जसमा उनको पिता धर्मेन्द्र र उनी स्कुटरमा बसेका छन्। लेखेका छन्,'एम्ला र पग्ला, वेटिङ फर दिवाना...'
सन् २०११ को रिलिज एम्ला पग्ला दिवानाको तेस्रो संस्करण हो फिल्म, जसलाई समिर कर्निकले निर्देशन गरेका थिए। जुन हिट भएको थियो। फिल्मको सिक्वेल एम्ला पग्ला दिवाना २ भने सन् २०१३ को बक्सअफिसमा फ्लप साबित भयो। अब फिल्मको ब्रान्ड जोगाउने चक्करमा पुन: देवल परिवार होम प्रोडक्शनमा लागेको छ।Yamla and Deewana waiting for the Pagla to join ... on set YPD- phir se!! #myinspiration #lookuptohim #yamlapagladeewana #shootmode pic.twitter.com/D50lezKizX
— Bobby Deol (@thedeol) August 12, 2017