PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

श्रीलंकन सिंहालिस क्लबलाई उपाधि, पारस- मेहबुबको टिम उपविजेता



पहिलोपोस्ट

श्रीलंकन सिंहालिस क्लबलाई उपाधि, पारस- मेहबुबको टिम उपविजेता
फाइल फोटो

काठमाडौं : नेपाली क्रिकेटरद्वय पारस खड्का र मेहबुब आलम सम्मिलित सिंगापुर इमर्जिङ स्टार्स पाँचौ एससीसी टी-२० क्रिकेटमा उपविजेता बनेको छ।

आइतबार भएको फाइनल खेलमा पारस र मेहबुब रहेको घरेलु क्बल सिंगापुर स्टार्सलाई १० विकेटले पराजित गर्दै गर्दै श्रीलंकाको सिंहालिस स्पोर्टस् क्लबले उपाधि जितेको छ।

१३१ रनको लक्ष्य सिंघालिसले ८.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो। सिंहालिसका लागि एमडी शानाकाले र मिनोध बानुकाले नटआउट रहदै क्रमश: ६७ र ५८ रन बनाए। शानाकाले २८ बल खेल्दै ३ चौका र ८ छक्का प्रहार गरे। यस्तै २५ बल खेलेका बानुकाले ६ चौका र ४ छक्का प्रहार गरे। पारस खड्काले एक ओभर बलिङ गर्दा १५ रन खर्चे।

पदाङ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुर स्टार्सले १९ ओभरमा सबै विकेट गुमाएर १३० रन बनाएको थियो। सिंगापुर स्टार्सका लागि चेतन सूर्यवंशीले सर्वाधिक ४३ रन बनाए भने चमिन्दा रुवान र अखिल बालाचन्द्रले समान २२ रन जोडे। नेपालका मेहबुब आलम

सिंहालिसका लागि अख्तब काडेर र रमेश मेन्डिसले समान ३ विकेट लिए भने कप्तान सचित्रा सेनानायकेले २ विकेट झारे।

उपाधि जितेको सिंहालिस स्पोर्टस् क्लबले ५ हजार अमेरिकी डलर हात पार्‍यो भने पविजेता सिंगापुर इमर्जिङ स्टार्सले २ हजार अमेरिकी डलर प्राप्त गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell