PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

मौसमले ओलीलाई लेतेमै रोक्यो, हावाबाट चलेको बिजुलीको गरे उद्घाटन



पहिलोपोस्ट

मौसमले ओलीलाई लेतेमै रोक्यो, हावाबाट चलेको बिजुलीको गरे उद्घाटन

काठमाडौं : मुस्ताङ पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मौसमले साथ नदिँदा राजधानी फर्कन सकेका छैनन्।
 
ओली १ हजार ५ सयभन्दा बढी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन, तिब्बतसँगको कोराला नाका अवलोकन र जिल्ला प्रहरी कार्यालय परिसरमा बनेको हावाबाट उत्पादित बिजुली सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी हुन पुगेका थिए।

हेलिकप्टरमा पुगेको ओली आज मुक्तिनाथको दर्शन गर्न पुगेका थिए। त्यसपछि उनी हेलिकप्टरबाटै फर्किने कार्यक्रम थियो। सोही अनुसार उडेका ओली मौसम खराब भएपछि लेतेमा ओर्लिए। आज उनी लेतेमै बस्ने तय भएको छ। 

स्पेनको सहयोगमा बुद्ध पावर प्रालिले हावाबाट बिजुली निकालेको छ त्यसको सरकारलाई औपचारिक हस्तान्तरण गर्ने कार्यक्रममा उनी पत्नीसहित सहभागी भए। हावाबाट उत्पादित ३ किलोबाट विद्युत जिल्ला प्रहरी कार्यालयले प्रयोग गरिरहेको छ। 

राजधानी फर्किने पुर्वनिर्धारित कार्यक्रम भए पनि कार्यक्रमहरु धेरै भएकाले उनी जोमसोममै बसेका थिए। जोमसोमको ओम्स होस बास बसेका थिए ओली। 

आज बिहानैदेखि मौसम खराब भएका कारण राजधानी फर्कन नसकेको जिल्ला प्रहरी कार्यलय मुस्ताङका प्रमुख डिएसपी हरिहर योगीले पहिलोपोस्टलाई जानकारी दिए। 

ओलीले तिब्बतसँगको सीमा नाका कोरला अवलोकनसमेत गरे। मौसम सुधार हुने वितिकै अध्यक्ष ओली फर्कने योजना छ। 

ओली प्रधानमन्त्री हुँदा हावाबाट बिजुली निकाल्ने बताउँदा चर्को आलोचना भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell