PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

गाम्बा ओसाका-२३ सँग बराबरी खेल्यो नेपालले



पहिलोपोस्ट

गाम्बा ओसाका-२३ सँग बराबरी खेल्यो नेपालले

काठमाडौं : जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गाम्बा ओसाका यू-२३ टोलीसँग १-१ गोलको बराबरी खेलेको छ।

ओसाकास्थित जे ग्रीन साकाई स्टेडियममा भएको खेलमा नेपालको लागि नवयुग श्रेष्ठले बराबरी गोल फर्काएका थिए। गाम्बा ओसाकाले २२औं मिनेटमा अग्रता लिएको थियो। नवयुगले ३४औं मिनेटमा बराबरी गोल पर्काए।

एएफसी एसियन कप छनोट अन्तर्गत ताजिकिस्तान विरुद्धको खेलका लागि तयारी गर्न नेपाल अहिले जापान भ्रमण रहेको छ। जहाँ नेपालले ५ खेल खेल्नेछ।

नेपालले दोस्रो खेल आगामी बुधबार क्वानसेइ गाक्विन युनिभर्सिटीसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell