PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

नारायणगढ – मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा, मुग्लिन- नौविसे पनि खुल्यो



पहिलोपोस्ट

नारायणगढ – मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा, मुग्लिन- नौविसे पनि खुल्यो

चितवन : काठमाडौंको लाइफलाइन नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। साथै पृथ्वी राजमार्गको मुग्लिन- नौविसे सडक पनि सञ्चालनका आएको छ।  

विभिन्न ठाउँमा गएको सबै पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए। सडक सूचारु भएसँगै पोखरा, चितवनबाट हुने यातायात संचालनमा आएको छ।

नारायणगढ–मुग्लिन सडकको कालिखोला, सेती दोभान, चारकिलो र नौकिलोमा पहिरोले आज बिहानदेखि पूर्ण रुपमा सडक अवरुद्ध बनेका थियो। 
मुग्लिन–काठमाडौं सडक खण्डको ईच्छाकामना गाउँपालिकाको फिस्लिङमा पहिरो झर्ने क्रम नरोकिँदा सो सडक समेत अवरुद्ध भएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell