PahiloPost

Jun 24, 2026 | १० असार २०८३

आणविक क्षेत्रप्यास्त्र निर्माणका लागि इरानले बढायो बजेट 



रासस

आणविक क्षेत्रप्यास्त्र निर्माणका लागि इरानले बढायो बजेट 
फोटो श्रोतः rssing.com

तेहरान :  इरानले आणविक क्षेत्रप्यास्त्र तथा यससम्बन्धी कार्यक्रम निर्माणका लागि राष्ट्रिय बजेटमा वृद्धि गरेको छ। 

इरानको संसद्ले आइतबार बजेट बढाउने निर्णय गरेको समाचारमा जनाइएको छ। प्राप्त समाचारअनुसार इरानको संसद्ले यस कार्यक्रमका लागि ५२ करोड २० लाख अमेरिकी डलर बराबरको बजेट छुट्टाएको छ। 

यो रकम अमेरिकाले हालै लगाएको इरानमाथिको नाकाबन्दीको विरुद्धमा बढाइएको जवाफ इरानले दिएको छ। इरानका सभामुखले आइतबार बजेट वृद्धिको घोषणा गरेका थिए। 

इरानी सभामुख अलि लारिजानीले भने,‘अमेरिकनहरुले यो बुझ्नुपर्छ कि यो बजेट वृद्धिको काम हाम्रो प्रारम्भिक काममात्र हो र अमेरिकनका विरुद्धमा हामीले यस्ता कार्य पनि गर्नेछौँ।’ 

इरानको संसद्मा भएको मतदानमा प्राय सबैजसो सांसदले अमेरिकाका विरुद्धमा यो कार्यक्रम लक्षित रहेको बताएका छन्। उनीहरुले आतङ्कवादका विरुद्धमा भनेर पनि अरु केही बजेट बढाएको बताएका छन्। गत जुलाई महिनामा अमेरिकाले इरानको आणविक कार्यक्रमका विरुद्ध नाकाबन्दीको घोषणा गरेको थियो। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell