PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

डा.केसीका माग सम्बोधन गर्न आग्रह गर्दै नागरिक समाज पोखराद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र



पहिलोपोस्ट

डा.केसीका माग सम्बोधन गर्न आग्रह गर्दै नागरिक समाज पोखराद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कास्कीः नागरिक समाज पोखराले चिकित्सा शिक्षाको सुधारको माग गर्दै आमरण अनसनरत डा. गोविन्द केसीको समर्थन गर्दै संकलित हस्ताक्षर र ज्ञानपनपत्र कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पठाएको छ।

नागरिक समाजले केसीको मागलाई समर्थन गर्दै सोमवार विहान ११ बजेबाट पोखराको शहिद पार्कमा रिले अनसन सुरु गर्नेसमेत जनाएको छ। नागरिक अगुवा धीरज थापाका अनुसार रिले अनसन ४ जनाको समुहमा ६-६ घण्टामा फेरिने छ। 

ज्ञापनपत्रमा डा. केसी स्वास्थ्या क्षेत्रका वारेमा जायज माग राखी आमरण अनशन बसेको उल्लेख गर्दै मागको यथाशिघ्र सम्वोधन गर्न आग्रह गरिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell