PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

प्रधानमन्त्री र मन्त्रीहरु राहतसहित बाढी प्रभावित क्षेत्रमा जाँदै



पहिलोपोस्ट

प्रधानमन्त्री र मन्त्रीहरु राहतसहित बाढी प्रभावित क्षेत्रमा जाँदै

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा राहत सामाग्रीसहित बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा जाने भएका छन्। मौसमको अवस्था हेरेर प्रधानमन्त्री पूर्वी र मध्य तराईका केही जिल्लामा जाने योजनामा छन्। प्रधानमन्त्रीसँगै गृहमन्त्री जनार्दन शर्मा पनि प्रधानमन्त्री टोलीमा जानेछन।

प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले मौसमको अनुकुलता हेरेर प्रधानमन्त्री अवलोकनमा जाने बताए। मध्यान्ह १२ बजेपछि प्रधानमन्त्री अवलोकनका लागि जाने कार्यक्रम तय भएको छ। मौसममा सुधार नभए प्रधानमन्त्री जाने वा नजाने निश्चित छैन।

प्रधानमन्त्री पूर्वी तराईका जिल्ला झापा, मोरङ, सुनसरी र सप्तरी तथा मध्य तराईको जिल्ला दाङमा अवकोलनमा जाने कार्यक्रम तय भएको छ।

यस्तै, खाद्यन्न राहत तथा क्षतिको अवस्था बुझ्न सबै मन्त्रीहरु पनि बाढी प्रभावित जिल्ला जाँदैछन्। मन्त्रीको ६ वटा टिम तयार भएका छन्। एक टिममा तीन जना मन्त्री सामेल हुने गृह मन्त्रालयले जनाएको छ। मन्त्रीको टोली राहतसहित १० बजे नै तोकिएको जिल्ला जाने कार्यतालिका छ। 

राहतका लागि पठाइने खाद्यन्न प्याकिङको काम जिल्ला प्रशासन कार्यालय काठमाडौँले गरिरहेको पनि गृहले जनाएको छ। रौतहटको गौर र गरुडामा राहत सामाग्रीसहित नेपाली सेनाको हेलिकोप्टर आजै पठाउने तयारी मन्त्रालयको छ।

बाढी प्रभावित अन्य जिल्लाहरुमा पनि आजै सरकारी तथा निजी ट्रकहरुमा खाद्यान्न पठाउनका लागि झापा, मकवानपुर, बाँके, चितवन लगायतका जिल्ला प्रशासनले समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ।

सरकारको निर्णय अनुसार बाढी प्रभावित क्षेत्रको नागरिकको तत्कालको राहतका लागि एक करोड ९८ लाख रुपैयाँ रकम निकासा भइसकेको पनि मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell