PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

लिग वान : पिएसजी डेब्युमै नेमारको गोल



पहिलोपोस्ट

लिग वान : पिएसजी डेब्युमै नेमारको गोल

विश्वकै सबैभन्दा महँगा खेलाडी बनेका ब्राजिलियन फरवार्ड नेमारले फ्रान्सको लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)का लागि डेब्यु खेलमै गोल गरेका छन्।

गएराती भएको खेलमा नेमारको गोलपछि पिएसजीले ग्इनाम्पलाई ३-० ले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ।

पिएसजीले गुइनाम्पका जोर्डन एकोकोको आत्मघाती गोलबाट अग्रता लिएको थियो। त्यसपछि एडिनसन कभानीले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे। नेमारले खेलको अन्त्यतिर गोल थपेका हुन्। पूरै ९० मिनेट खेलेका नेमारले कभानीको गोलका लागि एसिस्ट समेत गरे।

यही ट्रान्सफर विन्डोमा नेमार स्पानिस क्लब बार्सिलोनाबाट विश्वकीर्तिमानी २२२ मिलियन युरोमा पिएसजी पुगेका हुन्। ला लिगाले आवश्यक डकुमेन्ट नपठाउँदा लिगको पहिलो खेल गुमाएका नेमारले दोस्रो खेलमा डेब्यु गरेका हुन्।

लगातार दोस्रो जितपछि ६ अक जोडेको पिएसजी अंकतालिमा दोस्रो स्थानमा छ। समान अंकरहेको लियोन गोलअन्तरमा शीर्ष स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell