PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

जिसस बैतडीमा कांग्रेस माओवादी केन्द्र गठबन्धन विजयी



पहिलोपोस्ट

जिसस बैतडीमा कांग्रेस माओवादी केन्द्र गठबन्धन विजयी

बैतडी: जिल्ला समन्वय समिति बैतडीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको छ।

जिल्ला समन्वय समितिको संयोजकमा कांग्रेसका सिद्धराज भट्ट र दलित तथा अल्पसङ्ख्यक सदस्यमा कांग्रेसका टेक लुहार गत २३ गते नै निर्विरोध निर्वाचित भए पनि अन्य पदका लागि आइतबार चुनाव भएको हो।

आइतबार भएको निर्वाचनमा उपसंयोजकमा माओवादी केन्द्रबाट धनबहादुर बोहरा, तीनजना खुला सदस्यमा कांग्रेसका तर्फबाट रमेशबहादुर बोहरा, लालबहादुर चन्द र जगुवा भण्डारी विजयी भएका छन् भने महिला सदस्यका लागि नेपाली कांग्रेसका हरु जोशी , गीता जोशी तथा माओवादी केन्द्रका कुमारी हेमा भट्ट कपाडी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर २० मतमध्ये १२ मत र एमालेसँग आठ मत थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell