PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन सुचारु



रासस

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन सुचारु

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालन भएको छ। सडकखण्डअन्तर्गत पाँचकिलोमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो। 

जिल्ला प्रहरी कार्यालयका अनुसार राति १० बजेबाट सो ठाउँमा पहिरो खसेको हो। रातको समयमा पन्छाउन नसकेपछि अहिले बिहानबाट पहिरो हटाउन सुरु गरिएको थियो। 

सो सडकखण्डमा शुक्रबार दिउसोपछि ठाउँ–ठाउँमा पहिरो जाँदा अवरुद्ध भएको सडक आइतबार साँझ मात्र सञ्चालनमा आएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell