
बुर्किनाफासो : बुर्किनाफासोको एक रेष्टुरेन्टमा बन्दुकधारीले आक्रमण गरी कम्तीमा पनि १७ जनाको हत्या गरेको छ।
हमलामा परी अरु आठ जना घाइते भएका छन्। आइतबार राति स्थानीय समयअनुसार ९ बजे एनकार एभिन्युमा रहेको रेष्टुरेन्टमा बन्दुकधारीले हमला गरेका स्थानीय प्रहरीले जानकारी दिएको छ। आक्रमणकारीको अवस्थाको बारेमा भने प्रहरीले केही बताएको छैन।
सो क्षेत्रका नागरिकलाई बाहिर ननिस्कन र शान्तिपूर्ण रुपमा रहन प्रहरीले आग्रह गरेको छ। सो नगरमा सन् २०१६ को जनवरीमा पनि यस्तै आतङ्ककारी हमला भएको थियो। सो हमलामा परी ३० जनाको ज्यान गएको थियो। रासस/सिन्ह्वा