PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

बाढी पीडितलाई राहत संकलन गर्न सरकारी समिति : संयोजकमा गृहका सहसचिव केदार न्यौपाने



पहिलोपोस्ट

बाढी पीडितलाई राहत संकलन गर्न सरकारी समिति : संयोजकमा गृहका सहसचिव केदार न्यौपाने

काठमाडौँः बाढी पहिरो प्रभावित क्षेत्रहरुमा थप राहत प्रदान गर्न मन्त्रालयले सहसचिव केदार न्यौपानेलाई राहत संकलन संयोजन समितिको संयोजक तोकेको छ। 

राहत सामाग्री (त्रिपाल, भाँडाकुडाँ, खाद्यान्न दाल, चामल, नुन, तेल, ड्राइफुड) लगायत नयाँ लत्ताकपडा उपलव्ध गराउन इच्छुक निजी कम्पनी, सामुदायिक संघ संस्था तथा व्यक्तिहरुले राहत संकलन संयोजन समितिका संयोजकसँग समन्वय गरी काठमाडौंको थापाथलीस्थित नेपाल खाद्य संस्थानको गोदाम घर वा विश्व खाद्य कार्यक्रम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदामघरमा गृह मन्त्रालयवाट खटिएका कर्मचारीहरुलाई हस्तान्तरण गरी सहयोग गर्न अनुरोध गरेको छ।

गृहमन्त्री जनार्दन शर्माले आईतबार पश्चिम र पुर्वका केही बाढी प्रभावित क्षेत्रका जनतालाई भेटेपछि व्यवस्थापन कार्य तिव्र पार्न सो समिति गठन गरिएको हो।

गृहमन्त्री शर्माले यस संकटको घडीमा सबैमा संयम अपनाउँदै सहयोगी हातहरु अघि बढाउन आग्रह गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell