PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

घर भत्किंदा रुपन्देहीमा एक जनाको मृत्यु



रासस

घर भत्किंदा रुपन्देहीमा एक जनाको मृत्यु

लुम्बिनी : चार दिनदेखि लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीको कोटइमाई गाउँपालिका– १ सिपुवामा घर भत्किँदा एक जनाको मृत्यु भएको छ। 

मर्चवार क्षेत्र अन्तर्गत पर्ने कोटहीमाई गाउँपालिका– १ सिपुवामा माटोको घर भत्किँदा १५ वर्षीय रोसन हरिजनको मृत्यु भएको हो।
हरिजनका बाबु फागु हरिजन र आमा शिला हरिजन घाइते भएकाले उनीहरुको भैरहवामा उपचार भइरहेको छ। 

लगातारको वर्षाका कारण रुपन्देहीका मर्चवार, लुम्बिनी, धकधई, भैरहवा, तिलोत्तमा नगरपालिकाका केही क्षेत्र डुबानमा परेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell