PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा नयाँदिल्लीमा उच्च सुरक्षा सतर्कता



रासस

स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा नयाँदिल्लीमा उच्च सुरक्षा सतर्कता
फोटो श्रोतः deccanchronicle.com

नयाँदिल्ली : भारतको स्वतन्त्रता दिवसको अघिल्लो दिन सोमबार भारतीय राजधानी नयाँदिल्लीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। 

भारतको राजधानी नयाँदिल्लीमा सोमबार उच्च सुरक्षा सतर्कता अपनाइएको समाचार भारतीय सञ्चारमाध्यमहरुले दिएका छन्। 

उनीहरुका अनुसार भारतको भोलि मनाइने स्वतन्त्रता दिवसको अघिल्लो दिन हुनसक्ने सम्भावित सुरक्षा खतरालाई ध्यानमा राखी सतर्कता अपनाइएको हो। 

नयाँदिल्लीका बस पार्कहरु, रेलमार्ग र स्टेसनहरु तथा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च सुरक्षा सतर्कतामा छ। 

त्यसैगरी नयाँदिल्ली गेट वरिपरिको रेडफट क्षेत्रमा पनि सुरक्षा कडा पारिएको छ। सो क्षेत्रबाट नै प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सम्बोधन गर्ने विशेष कार्यक्रम रहेको छ। 

प्रधानमन्त्री मोदीले मङ्गलबार स्वतन्त्रता दिवसको अवसर पारेर देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ। 

प्रहरीको विशेष कमाण्डो फोर्सका साथै अन्य सुरक्षा निकायका अधिकारीलाई ती क्षेत्रमा उच्च सतर्कताका साथ खटाइएको र स्वतन्त्रता विशेष समारोहको समापनसम्म नै नयाँदिल्लीमा यस्तो सुरक्षा व्यवस्था कायम रहने अधिकारीहरुले जनाएका छन्। 

भारत सन् १९४७ को अगष्ट १५ मा बेलायती शासनबाट स्वतन्त्र भएको थियो। बेलायती शासनबाट स्वतन्त्र भएको दिन अगष्ट १५ लाई भारतले स्वतन्त्रता दिवसका रुपमा मनाउदै आएको छ। 

अगष्ट १४ मा पाकिस्तान भारतबाट अलग्गिएर अलग्गै राष्ट्र बनेको थियो। पाकिस्तानले सोमबार नै स्वतन्त्रता दिवस मनाएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell