PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

गण्डक ब्यारेजका सबै ढोका खोलियो, नारायणीमा पानीको बहाव घट्दै



रासस

गण्डक ब्यारेजका सबै ढोका खोलियो, नारायणीमा पानीको बहाव घट्दै

नवलपरासी : नवलपरासीस्थित नारायणी नदीमा पानीको बहाव घट्दै गएको छ। आइतबार राति खतराको संकेतनजिक पुगेको नारायणी नदीमा पानीको बहाव आज बिहानबाट विस्तारै घट्दै गएको छ। 

नदीमा पानीको बहाव ७ दशमलब तीन मिटर भएमा खतराको संकेत मानिन्छ। आइतबार राति करिब नदीमा पानीको बहाव ७ दशमलव तीन मिटर भए पनि बिहान झरेर करिब ५ दशमलब ८६ मिटर भएको नवलपरासीका प्रजिअ उदयबहादुर रानामगरले जानकारी दिए। 

नेपालको बाटो हँुदै जाने भारतीय नहर बन्द गरिएको छ भने गण्डक ब्यारेजका सबै ढोका खोलिएपछि नदीको बहाव विस्तारै कम हुँदै गएको छ। अहिले गण्डक ब्यारेजका सबै ढोका खोलिएको अवस्था छ। 

अहिले नारायणी नदी आसपासका क्षेत्रमा समस्या देखिएको छैन । यद्यपि, जिल्लामा हुनसक्ने अप्रिय घटनालाई ध्यानमा राखी राहत र उद्धारलाई तयारी अवस्थामा राखिएको प्रजिअ रानाले जानकारी दिए। 

बाढी आउने क्रम अझ बढ्दै भयो भने थप खतरा हुनसक्ने अनुमान गरिएको छ। नदीमा पानीको बहाव ८ दशमलव ४ मिटर पुगेमा उच्च जोखिम मानिन्छ । पहाडी क्षेत्रमा लगातार वर्षा हुँदा नारायणीमा पानीको बहाव खतराको संकेत नजिक पुगेको हो। 

यसैबीच, वर्षाका कारण नवलपरासीको राजमार्ग क्षेत्रका बजार, सदरमुकाम परासीसहित जिल्लाको ग्रामीण क्षेत्रका गाउ‘मा स्थानीयवासी प्रभावित बनेका छन्। सहर केन्द्रीतभन्दा ग्रामीण क्षेत्रमा वर्षाका कारण जनमानसको जीवनयापन थप कष्टकर बन्दै गएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell