PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

उद्धार र राहत वितरणमा सरकारले ढिलासुस्ती गरेको झलनाथ खनालको आरोप



रासस

उद्धार र राहत वितरणमा सरकारले ढिलासुस्ती गरेको झलनाथ खनालको आरोप

सुर्खेत : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पहाडमा पहिरो र तराईमा बाढीले आक्रान्त पार्दासमेत सरकारले उद्धार तथा राहत वितरण कार्यमा ढिलासुस्ती गरेको आरोप लगाएका छन्। 

प्रेस चौतारी नेपाल शाखा सुर्खेतले आज वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा खनालले साठीभन्दा बढी नागरिकको मृत्यु, हजारौँ परिवार विस्थापित तथा प्रभावित हुँदासमेत सरकारले युद्धस्तरमा काम नगरेको आरोप लगाए। 

उनले नेपाल–भारत सीमा नदीमा भारतले बनाएको बाँधले तराई डुबानमा परेको बताए। वर्षात् हुने क्रम जारी रहेकाले तत्काल सिमानामा बनाइएका बाँधका ढोका खोल्न भारत सरकारसँग संवाद थाल्न पनि खनालले सरकारालाई आग्रह गरे। 

अर्को प्रसंगमा खनालले २१ दिनदेखि आमरण अनशनमा बसेका डा गोविन्द केसीका माग सम्बोधन नगरिनु दुःखद भएको टिप्पणी गर्दै सरकारलाई तत्काल केसीका मागप्रति संवेदनशील भएर वार्ता गर्न आग्रह गरे।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell