PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

डब्लुसिएल : हङकङ विरुद्धको खेलका लागि प्रारम्भिक चरणमा २५ खेलाडी छनोट



पहिलोपोस्ट

डब्लुसिएल : हङकङ विरुद्धको खेलका लागि प्रारम्भिक चरणमा २५ खेलाडी छनोट
फाइल फोटो

काठमाडौं : वर्ल्ड क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिपका लागि हङकङ विरुद्ध हुने दुई खेलका लागि प्रारम्भिक चरणमा २५ नेपाली क्रिकेटर छनोट गरिएको छ।

राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनोट समितीले प्रारम्भिक चरणमा खेलाडी छनोट गरेको नेपाली टिमका एलानिस्ट रमन शिवाकोटीद्वारा जारी वित्तप्तीमा जनाइएको छ।

गत एक वर्षमा गरेको प्रदर्शनको आधारमा खेलाडी छनोट गरिएको उक्त विज्ञप्तीमा उल्लेख छ।

नेपालले डब्लुसिएल अन्तर्गत पाँचौ चरणको दुई खेल आगामी अक्टोबर १३ र १५ मा हङकङको मैदानमा खेल्नेछ। उक्त खेलको लागि नेपाली टोलीको क्याम्प र मिती केही दिनमा घोषण गरिनेछ।

प्रारम्भिक चरणमा छानिएका खेलाडी

पारस खड्का (कप्तान) ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सुशिल कँडेल, शक्ति गौचन, नरेश बुढाएर, अभिनास कर्ण, ललित सिंह भण्डारी, सन्दीप लामिछाने, विक्रम सोब, मेहबुब आलम, सौरभ खनाल, जितेन्द्र मुखिया, कुशल भुर्तेल, दीलिप नाथ, आरिफ शेख, हसिम अन्सारी, सुशन ऐरी, सागर पुन, दीपेन्द्र सिंह ऐरी, सुनिल धमला, बसन्त रेग्मी, करण केसी, विनोद भण्डारी, सोमपाल कामी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell