PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

नागरिक समाजले पोखरामा सुरु गर्‍यो रिले अनसन, डा.केसीका माग पूरा गर्न दबाब



पहिलोपोस्ट

नागरिक समाजले पोखरामा सुरु गर्‍यो रिले अनसन, डा.केसीका माग पूरा गर्न दबाब

  • नरहरि पौड्याल
कास्कीः  नागरिक समाज पोखराले चिकित्सा क्षेत्र सुधारको माग गर्दै आमरण अनसनमा बसेका डा. गोविन्द केसीका माग पूरा गर्न दबाब दिने उद्देश्यले पोखरामा रिले अनसन सुरु गरेको छ।

केसीका मागको समर्थन गर्दै नागरिक समाजले सोमबार विहान ११ बजेदेखि पोखराको शहिद पार्कमा रिले अनसन सुरु गरेको हो। नागरिक अगुवा धीरज थापाका अनुसार रिले अनसनमा ४ जनाको समुह ६-६ घण्टामा फेरिनेछ।

पहिलो दिनको रिले अनसन नागरिक समाज पोखराका संयोजक रामबहादु पौडेल, सुनिल पाण्डेलगायतले सुरु गरेका छन्। आइतबार नागरिक समाजले केसीका मागलाई समर्थन गर्दै संकलन गरिएको हस्ताक्षरसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पठाएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell