PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

राजपाका सांसदले बाढी पीडितका लागि एक महिनाको तलब दिने



पहिलोपोस्ट

राजपाका सांसदले बाढी पीडितका लागि एक महिनाको तलब दिने
फाइल फोटो

काठमाडौः राष्ट्रिय जनता पार्टीका सांसदहरुले एक महिनाको तलब बाढीपीडितलाई दिने भएका छन्।

पार्टीका सांसदहरुको आज बसेको बैठकले एक महिनाको तलब बाढी पीडितलाई दिने निर्णय गरेको हो। बैठकले उद्योगी व्यापारी, स्वदेशी तथा विदेशी संघसंस्थालगायत दातृ निकायलाई पीडित परिवारलाई नगद र जिन्सी सहयोग गर्न आग्रह गरेको छ।

त्यस्तै, पीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारलाई दवाव दिने बैठकले निर्णय गरेको छ। बाढी पीडितलाई अध्यक्ष मण्डलका सदस्यहरुले पनि नगद र जिन्सी सहयोग गर्ने बताएका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell