
स्पानिस क्लब बासिलोनाले ब्राजिलियन खेलाडी पाउलिन्होलाई क्लब भित्र्याउने भएको छ। बार्सिलोनाले पाउलिन्होलाई क्लब ल्याउने विषयमा चिनियाँ क्लब गोङझाउ एभरगाडसँग सहमती भएको जनाएको छ।
बार्सिलोनाले २९ वर्षिय मिडफिल्डर पाउलिन्होलाई ४० मिलियन युरोमा ४ वर्षको लागि अनुबन्ध गर्न लागेको हो।
पाउलिन्होको स्वाथ्य परिक्षण बिहिबार हुने र लगत्तै सम्झौतामा हस्ताक्षर हुने बार्सिलोनाले जनाएको छ।
Paulinho Bezerra, FC Barcelona's new signing https://t.co/TGWrKjWkfG
— FC Barcelona (@FCBarcelona) August 14, 2017
👋🇧🇷 Welcome, Paulinho!
🔵🔴 #BeBarça #ForçaBarça pic.twitter.com/DoqmRFpunu
बार्सिलोनाले पाउलिन्होको बाइ क्लज १२० मिलियन युरो तोकेको छ। इंगलिस क्लब टोटनहममा दुई सिजन खेलेका पाउलन्हो २०१५ मा चिनिया क्लब पुगेका थिए।
ब्राजिलियन फरवार्ड नेमार विश्वकीर्तिमानी रकममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन लागेपछि फरवार्डकै खोजिमा रहेको बार्सिलोनाले ब्राजिलियन मिडफिल्डरलाई नोउक्याम्प ल्याउन लागेको हो।
लिभरपुलबाट खेल्ने फिलिप काउटिन्होलाई पनि बार्सिलोनाले किन्ने प्रयास गरिरहेकव छ। तर यसअघिका दुई प्रस्ताव लिभरपुलले अस्विकार गरिसकेको छ।