PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

झापामा तीन दिनपछि विद्युत सेवा सुचारु



पहिलोपोस्ट

झापामा तीन दिनपछि विद्युत सेवा सुचारु

काठमाडौः बाढी पहिरोको कारण तीन दिनदेखि झापामा अवरुद्ध विद्युत सेवा सोमवार दिउसोदेखि सुचारु भएको छ। 

झापाका सवै स्थानमा विजुली आइसकेको भद्रपुर विद्युत प्राधिकरणका सुपरभाइजर अग्नी सिग्देलले पहिलो पोस्टलाई जानकारी दिए। 
सिग्देलले भने,‘केही पोल ढलेर तार टुटेका ठाउँबाहेक सवै स्थानमा विजुली आएको हो।’ 

मोरङको दुहवीमा रहेको विद्युत प्राधिकरणको सवस्टेशन डुवानमा परेपछि पूर्वका जिल्लामा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध भएको थियो। 

दुहवीको सवस्टेसनबाट पानी निकालेर सिधै झापा दमकको लाईन जोडिएपछि विद्युत सुचारु भएको हो। झापाबाहेक मोरङ, सुनसरीलगायतका स्थानमा भने अझै विद्युत सेवा सुचारु भएको छैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell