PahiloPost

Jun 24, 2025 | १० असार २०८२

भरतपुर महानगरमा राहत वितरणमा एकद्वार नीति, अटेर गरे कार्वाही गर्ने मेयरको चेतावनी



राजेन्द्र आचार्य

भरतपुर महानगरमा राहत वितरणमा एकद्वार नीति, अटेर गरे कार्वाही गर्ने मेयरको चेतावनी

चितवन : भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेकी छन्।

विपद् व्यवस्थापन राहत कोष स्थापना गर्दै मेयर दाहालले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेकी हुन्।

मेयर दाहालले वर्षाले महानगरका विभिन्न वडाहरुमा क्षति पुर्याएको हुँदा बाढी प्रभावित व्यक्ति र क्षेत्रहरुमा तत्काल उद्धार, राहत र पुनस्र्थापनाका लागि ईच्छुक नागरिक तथा संघसंस्थाहरुलाई सहयोग गर्न अनुरोध गरिन्।

उनले भनिन्,‘जथाभावी राहत वितरण गर्दा सबैकोमा नपुग्न सक्छ, त्यही अवस्था देखेर नै एकद्वार प्रणाली लागू गरिएको हो।’

उनले सहयोग गर्ने व्यक्ति र संघसंस्थाले भरतपुर महानगरको विपद् व्यवस्थापन कोषको खाता नं.६२४१ मा रकम सहयोग गर्न आग्रह गरिन्।
दाहालले आफूखुसी राहत बाँड्न नदिन निर्देशन दिंदै यस्तो कार्य गरेमा कार्वाही गर्ने चेतावनी दिएकी छन्।

यसैबीच, आज मेयर दाहाल र उपमेयर शाहसहितको टोलीले झण्डै २ सय बढी पीडितलाई राहत सामग्री वितरण गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell