PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

एमालेको संगठन सुदृढीकरण अभियान सुरु, अराजकताको सिलसिला चले दुर्भाग्यपूर्ण हुने पोखरेलको चेतावनी



रासस

एमालेको संगठन सुदृढीकरण अभियान सुरु, अराजकताको सिलसिला चले दुर्भाग्यपूर्ण हुने पोखरेलको चेतावनी

काठमाडौँ :  नेकपा एमाले, काठमाडौँ जिल्ला कमिटीले आजदेखि संगठन सुदृढीकरण तथा जन परिचालन अभियान २०७४ सुरु गरेको छ। 

प्रदेशसभा र संघीय संसद्को आसन्न निर्वाचनलाई लक्ष्य गरी सुरु  गरिएको अभियानअन्तर्गत कार्यकर्ता र जनस्तरमा केन्द्रीय तहका नेता तथा जनसंगठनका कार्यकर्ता पुगेर विविध कार्यक्रम गरिनेछ। दुई महिने अभियान आगामी असोज ७ गतेसम्म सञ्चालन हुनेछ। 

स्थानीय तह निर्वाचनमा जिल्लामा महानगरपालिका प्रमुखसहित करिब ६५ प्रतिशत स्थानमा विजयी हासिल गरेपछि देखिएको उत्साहलाई मनोबलमा परिणत गर्न अभियान सुरु गरिएको जिल्ला अध्यक्ष कृष्ण राईले जानकारी दिए।

उनले पार्टी कमिटीमा रहेका आन्तरिक तिक्ततालाई समाधान गर्दै निर्वाचनमा पार्टीलाई हराउन लाग्नेलाई केन्द्रको निर्देशनअनुसार कारबाही र शुद्धीकरण गरिने पनि बताए। 

अभियानको शुभारम्भ गर्दै एमाले महासचिव ईश्वर पोखरेलले पार्टीलाई भीडमा आधारित नभइ सुदृढ संगठनसहितको शक्तिमा रुपान्तरण गर्न आवश्यक रहेको बताए।

पार्टीभित्र कुनै विषयमा चित्त नबुझेमा विधिपूर्वक कुरा राख्न र गलत विचार बोकेर नहिँड्न आग्रह गर्दै पोखरेलले संगठनात्मक अराजकताको सिलसिला चलेमा दुर्भाग्यपूर्ण हुने चेतावनी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell