PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

रिलिज टार्गेट पछि सार्दै 'फाटेको जुत्ता'को फस्ट लुक सार्वजनिक



पहिलोपोस्ट

रिलिज टार्गेट पछि सार्दै 'फाटेको जुत्ता'को फस्ट लुक सार्वजनिक

काठमाडौं: फिल्म 'फाटेको जुत्ता'ले भदौलाई रिलिज टार्गेट गरेको थियो। तर अब फिल्म कात्तिकमा मात्र प्रदर्शन हुने भएको छ। फिल्मको पहिलो पोस्टरसँगै नयाँ रिलिज टार्गेट सार्वजनिक गरिएका हुन्।

चार वर्षअघि घोषणा भएको फिल्म ‘फाटेको जुत्ता’को अब कात्तिक १७ गते मात्र प्रदर्शनमा आउने निर्माता अर्जुन कुमारले जानकारी दिए। यसअघि फिल्म प्रोडक्शनमा रहँदा भदौमा नै फिल्म रिलिज हुने बताइएको थियो। कथा बिना घोषित फिल्मको निर्माण कार्य रोक्किएको थियो। फिल्म निर्माताले एक लाख नगद रकम पुरस्कारसहित फिल्मको लागि कथा लेखन प्रतियोगिता आयोजना गरिए पनि अन्त्यमा निराज महर्जनको लेखन (कथा/पटकथा)मा फिल्म छायांकन भएको हो।

निकेश खड्काको निर्देशन रहेको फिल्ममा सौगात मल्ल, प्रियंका कार्की, बुद्धि तामाङ, कामेश्वर चौरासिया, आमिर गौतम, रवीन्द्र झा, रमेश रन्जन, सन्दीप क्षेत्री लगायतको मुख्य अभिनय रहेको छ। फिल्मको सम्पूर्ण सुटिङ वीरगन्जमा भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell