PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

ग्याङस्टर ब्लूज’को वल्ड प्रिमियर अस्ट्रेलियामा सम्पन्न



पहिलोपोस्ट

ग्याङस्टर ब्लूज’को वल्ड प्रिमियर अस्ट्रेलियामा सम्पन्न

काठमाडौं: फिल्म ‘ग्याङस्टर ब्लूज’को वल्ड प्रिमियर अस्ट्रेलियामा सम्पन्न भएको छ। ड्रिम हाईट र रकडेल ब्वाईजको आयोजनामा फिल्मको प्रिमियर सिड्नीमा गरिएको हो।

वेस्टफिल्ड हर्स्टभिलामा सम्पन्न फिल्मको प्रिमियरमा २ सयभन्दा बढी दर्शकको उपस्थिति रहेको निर्माण युनिटले बताएको छ। फिल्म प्रदर्शनीको आइतबार र सोमबारका लागि टिकट बुकिङ खुला गरिएको थियो।

यहि भदौ २ गतेबाट प्रदर्शनमा आउने ‘ग्याङस्टर ब्लूज’लाई हेमराज बिसीले निर्देशन गरेका हुन्। सरोज न्यौपानेले निर्माण गरेको फिल्ममा मधेसका युवा बिचको प्रेमकथा, ग्याङ्ग बनाउने ट्रेन्ड र आपराधिक गतिविधि फिल्मको केन्द्रमा रहेको छ।

ग्याङस्टर ब्लूजमा आशिरमान देशराज जोशी, आना शर्मा, संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरि, अरुणा कार्की, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell